बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सामाजिक विकास मन्त्रालयका कर्मचारीलाई कोरोना

सामाजिक विकास मन्त्रालयका कर्मचारीलाई कोरोना

रासस

३०, श्रावण २०७७
  • 1.6K
    SHARES

  • सामाजिक विकास मन्त्रालयका कर्मचारीलाई कोरोना

    रुपन्देही । प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयका एक कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
    कोरोना नियन्त्रणमा क्रियाशील स्वास्थ्य महाशाखाका एक कर्मचारीमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका प्रमुख डा विनोदकुमार गिरीले जानकारी दिए ।

    मन्त्रालयको स्वास्थ्य महाशाखाकै अधिकारीमा कोरोना देखिएपछि सामाजिक विकासमन्त्री सुदर्शन बरालका साथै अन्य कर्मचारीको समेत स्वाब परीक्षण गरिएको छ ।
    मन्त्री बरालको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको प्रमुख गिरीले बताए ।
    मन्त्रालयका अन्य कर्मचारीको पनि स्वाब संकलन गरिएको जनाइएको छ ।

    शुक्रवार, श्रावण ३० २०७७०५:५७:३६
    सम्बन्धित समाचार