बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

देवघाट क्षेत्र विकास समितिका अध्यक्षलाई कोरोना संक्रमण

देवघाट क्षेत्र विकास समितिका अध्यक्षलाई कोरोना संक्रमण

मेगा खबर संवाददाता

२८, श्रावण २०७७
  • 1.6K
    SHARES

  • देवघाट क्षेत्र विकास समितिका अध्यक्षलाई कोरोना संक्रमण

    चितवन । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेललाई कोरोना संक्रमण भएको छ ।

    मंगलबारराति भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा पौडेलको रिपोर्ट ‘पोजिटिभ’ आएको हो ।

    अध्यक्ष पौडेलले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै आफू कोरोना संक्रमित भएको जानकारी दिएका हुन् । उनले आफ्नो स्वास्थ्यमा कुनै समस्या नआएको र आफू ठिक अवस्थामा रहेको फेसबुक मार्फत बताएका छन् । आफूसंग पछिल्ला केहीदिन यता सम्पर्कमा आउनेलाई क्वारेन्टिनमा बसिदिन र कोरोना परीक्षण गराउन आग्रह समेत गरेका छन् ।

    त्यसैगरी चितवनका विभिन्न अस्पतालमा उपचाररत बिरामीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उपचारका लागि विभिन्न ठाउँबाट आएका बिरामीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

    मंगलबार राति भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुरमा रहेको मौलाकालिका अस्पताल, नेशनल सिटी हस्पिटल वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचाररत बिरामीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मौलाकालिका अस्पतालमा चितवनकै बिरामीमा संक्रमण देखिएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।

    अस्पालमा उपचाररत बिरामीर अन्यमा कोरोना संक्रमण देखिन थालेपछी चितवन प्रशासनले कोरोना परिक्षणको दायरा फराकिलो बनाउने बताएको छ। कोभिड–१९ को सङ्क्रमण देखा परेका स्थानहरुमा तत्काल कन्ट्याक्ट ट्रेसिङ र समुदायस्तरमा पिसिआर परीक्षण वढाउने निर्णय गरिएको छ । आम नागरिकमा कोभिडङ१९ बाट बच्न अपनाउनु पर्ने मास्कको प्रयोग, सामाजिक दूरी र जथाभावी हिडडुल रोक्न जनचेतना जगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

    जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले मङ्गलबारबाट राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको समेत उनले जानकारी दिएका छन् ।

    बुधवार, श्रावण २८ २०७७०४:३०:३३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार