काठमाडौं । आज (बुधबार) अन्तर्राष्ट्रिय युवा दिवस । संयुक्त राष्ट्र संघले युवाका मुद्धाहरूलाई स्थापित गर्न प्रत्येक १२ अगस्टलाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा घोषणा गरेको छ । युवाका सवालहरूमा विश्वका सरकार तथा सरोकारवालालाई सचेत तथा जगारूक गराउन यो दिवसको घोषणा गरिएको हो ।
विगतका वर्षहरूमा विभिन्न युवा सम्बन्धी नाराहरू तय गरी विभिन्न भव्य कार्यक्रमका साथ मनाईं आइरहेको याे दिवस यसवर्ष भने भव्य कार्यक्रहरु नगरि मनाइएको छ ।
यसै सन्दर्भमा बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल ‘शरद’ ले अबको समय युवाहरुको ज्ञान, सिप, क्षमता र सिर्जनशिलतालाई राष्ट्र निर्माणमा लगाउने समय भएको उल्लेख गरेका छन् । सामाजिक सञ्जालमा एक भिडियो डकुमेन्ट्रिमार्फत उनले भनेका छन्, ‘हाम्रो पुस्ताका युवाको त्याग, तपस्या र बलिदानबाट आज हामी संघीय लोकतान्त्रीक गणतन्त्रमा छौं । अबको समय युवाहरुको ज्ञान, सिप, क्षमता र सिर्जनशिलतालाई राष्ट्र निर्माणमा लगाउने समय हो ।’
साथै, उनले बागमती प्रदेश सरकारले युवामैत्री कार्यक्रममार्फत समृद्धिको योजना तय गरेको जानकारी गराएका छन् । उनले भनेका छन्, ‘युवा वैज्ञानिक प्रोत्साहन लगायतका युवामैत्री कार्यक्रममार्फत बागमती प्रदेश सरकारले समृद्धिको योजना तय गरेको छ । आउनुहोस् तपाईं हामी सबै मिलेर तमाम चुनौतिहरुको समाधान गर्दै साझा प्रतिबद्धताका साथ राष्ट्र निर्माणमा अघि बढौं ।’
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।