बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

बाह्रविसे नगरपालिकाको केहि क्षेत्र सिल

बाह्रविसे नगरपालिकाको केहि क्षेत्र सिल

मेगा खबर संवाददाता

२७, श्रावण २०७७
  • 2.4K
    SHARES

  • बाह्रविसे नगरपालिकाको केहि क्षेत्र सिल

    काठमाडौं । बाह्रविसे नगरपालिकाको केहि क्षेत्र सिल गरिएको छ । नगरपालिकाको वडा नं २ पूर्वको कर्थली बुदेपा, उत्तरपट्टि वडा नं ३ को खाक्दल खोला, पश्चिम वडा नं ९ को राम्चे बजार क्षेत्र र दक्षिण तर्फशारदा मावि क्षेत्र र सुनकोशी बजारको सीमाना सम्मको चार किल्ला भित्र सिल भएको हो ।

    नगरपालिकाकी उपप्रमुख शुशीला पाख्रीनले एक सूचना जारी गर्दै उक्त क्षेत्रभित्र मानिसहरु आवत जावत गर्न, सवारी साधन चलाउन पूर्ण रुपमा निषेध गरी व्यापार, व्यवसाय लगायतका अन्य क्रियाकलाप बन्द गरी शिल गर्ने निर्णय भएको जनाएकी छिन् ।

    जारी विज्ञप्तिमा भनिएको छ,‘बाह्रविसे नगरपालिका वडा नं ४ निवासी वर्ष ८४ का एक पुरुषको गत अषाढ २३ गतेका दिन काठमाडौं स्थित मनमोहन कार्डियो भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हुँदा आज अषाढ २७ गते कोरोना भाइरस को पिसिआर रिपोर्ट पोजेटिभ आएको हुँदा यस नगरपालिकाको वडा नं २ पूर्वको कर्थली बुदेपा, उत्तरपट्टि वडा नं ३ को खाक्दल खोला, पश्चिम वडा नं ९ को राम्चे बजार क्षेत्र र दक्षिण तर्फशारदा मावि क्षेत्र र सुनकोशी बजारको सीमाना सम्मको चार किल्ला भित्र मानिसहरु आवत जावत गर्न, सवारी साधन चलाउन पूर्ण रुपमा निषेध गरी व्यापार, व्यवसाय लगायतका अन्य क्रियाकलाप बन्द गरी शिल गर्ने निर्णय गरिएको हुँदा अर्को सूचना प्रकाशित नहुँदासम्म त्यस दिन दाहसंस्कारमा सामेल हुनु भएका, भेटघाटको क्रममा जानु भएका र त्यस क्षेत्रका सम्पूर्ण नगरवासी आमाबुबा, दाजुभाई, दिदिबहिनीहरु सबै आ–आफ्नो घरमै क्वारेन्टाईनमा बसी सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ ।’

    117335465_1969220736546987_4704652505287472635_o.jpg

     

     

    मंगलवार, श्रावण २७ २०७७०९:२५:००

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार