बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

सिन्धुपाल्चोकमा दाहसंस्कार भएको पाँचौ दिनमा कोरोना पुष्टि, मलामीको खोजी सुरु

सिन्धुपाल्चोकमा दाहसंस्कार भएको पाँचौ दिनमा कोरोना पुष्टि, मलामीको खोजी सुरु

मेगा खबर संवाददाता

२७, श्रावण २०७७
  • 2.8K
    SHARES

  • सिन्धुपाल्चोकमा दाहसंस्कार भएको पाँचौ दिनमा कोरोना पुष्टि, मलामीको खोजी सुरु

    काठमाडौं । दाहसंस्कार गरिसकेपछि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४ पलातिको८४ वर्षीयको गत २२ गते उपचारका क्रममा निधन भएको थियो ।  काठमाडौं स्थित मनमोहन कार्डियो भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारको क्रममा मृत्यु भएको थियो।

    ८४ वर्षीयको दाहसंसकार गरेपछि कोरोना पुष्टि भएपछि उनको मलामीहरुको खोजी कार्य सुरु भएको छ । इलाका प्रहरी कार्यालय बाह्रबिसेका इन्सपेक्टर नमराज न्यौपानेले मेगाखबरलाई बताएका हुन्। ८४ वर्षीयको मृत्यु भएको पाँच दिनपछि रिपोर्ट पोजेटिभ आएको हो ।

    मृतकको कोरोना रिपोर्ट पोजेटिभ आएपछि पलाती गाउँ नै सिल गर्ने तयारी भइरहेको छ ।

    मंगलवार, श्रावण २७ २०७७०७:०६:४६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार