काठमाडौं । समृद्धि फाइनान्सले गत आर्थिक वर्षमा पाँच गुणाभन्दा धेरैले खुद नाफा निकालेको छ । मंगलबार सार्वजनिक भएको वित्तीय विवरणमा गत आर्थिक वर्षको अन्त्यसम्ममा फाइनान्सले ३ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको जनाएको छ ।
अघिल्लो आर्थिक वर्षमा ५४ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको फाइनान्सले ५.१६ गुणा नाफा बढाएको हो ।
गत आर्थिक वषमा मात्रै समस्याग्रस्त संस्थाबाट मुक्त भएको फाइनान्सले खराब कर्जा असुलिमा तादरुकता देखाउदा उसको नाफा उल्लेख्य मात्रमा बढेको हो ।
यस अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी ७१ लाख ५३ हजार रुपैयाँबाट बढेर ३ करोड ११ लाख ४८ हजार रुपैयाँ पुगेको छ ।
फाइनान्सको खर्च केहि बढेपनि खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढ्दा खुद नाफा बढ्न पुगेको हो। सञ्चालन मुनाफा ३ करोड २१ लख रुपैयाँबाट बढेर ४ करोड ८४ लाख रुपैयाँ पुगेको छ ।
फाइनान्सको निक्षेप संकलन ७ करोड ५२ लाख रुपैयाँबाट बढेर २० करोड ५८ लाख रुपैयाँ पुगेको छ भने कर्जा लगानी ६ लाख ३ हजाार रुपैयाँबाट बढेर १ करोड ८६ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, फाइनान्सको मूल्य आम्दानी अनुपात ५.२१ गुणा छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।