बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

ट्रम्पले पत्रकार सम्मेलनमा बोल्दै गर्दा ह्वाइट हाउस बाहिर गोली चल्यो

ट्रम्पले पत्रकार सम्मेलनमा बोल्दै गर्दा ह्वाइट हाउस बाहिर गोली चल्यो

मेगा खबर संवाददाता

२७, श्रावण २०७७
  • 2.1K
    SHARES

  • ट्रम्पले पत्रकार सम्मेलनमा बोल्दै गर्दा ह्वाइट हाउस बाहिर गोली चल्यो

    एजेन्सी। अमेरिकाको ह्वाइटहाउसबाहिर गोली चलेको बताएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले नियमित प्रेस ब्रिफिङमा सम्बोधन गरिरहेका बेला गोली चलेको थियो।

    घटनापछि सुरक्षाकर्मीहरुले तत्कालै ट्रम्पलाई पत्रकार सम्मेलनस्थलबाट बाहिर लगेका थिए। नौ मिनेटपछि फर्किएका ट्रम्पले पत्रकारसँग भने,‘स्थिति नियन्त्रणमा छ।’ उनले अमेरिकी गुप्तचर सेवाका सुरक्षाकर्मीहरुले कुनै हतियारधारी संदिग्धमाथि गोली चलाएको बताए।

    उनले अमेरिकी सिक्रेट सर्भिसका मानिसले कुनै हतियारधारी सन्दिग्ध व्यक्तिलाई गोली हानेको जस्तो लागेको बताए । त्यसपछि कसैलाई अस्पताल लगिएको उनको भनाइ छ। ट्रम्पले भने, ‘ह्वाइट हाउस बाहिर गोली चलेको चलेको थियो। अहिले स्थिति नियन्त्रणमा छ। तर वास्तवमा गोली चलेको थियो र कसैलाई अस्पताल लगिएको थियो।

    तर मलाई उसको अवस्थाबारे जानकारी छैन।’ त्यो व्यक्ति किन आयो भन्नेबारे आफूलाई जानकारी नभएको उनले बताए। गुप्तचर निकायले पनि गोलीकाण्ड भएको र थप विवरण आउन बाँकी रहेको जनाएको छ। -बीबीसी

     

    मंगलवार, श्रावण २७ २०७७०८:१७:०२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार