चौतारा । शिक्षकमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि इन्द्रावती गाउँपालिकाको वडा नं ७ सिल भएको छ । वडा नं ७ स्थित राजेश्वरी उच्च माध्यमिक विद्यालयमा शिक्षण गराइरहेका एक शिक्षकमा संक्रमण देखिएपछि वडा सिल भएको हो ।
वडाध्यक्ष वीर बहादुर तामाङले एक सूचना जारी गर्दै पालिकाको वडा नं ७ मा जोखिममा रहेका क्षेत्र राजेश्वरी विद्यालय आसपादेखि मैदान टोलसम्मका होटल, पसल, कल कारखाना, वडा कार्यालय राजेश्वरी विद्यालय, छ दिनकोे सम्मका लागि सिल गरिएको जानकारी गराएका छन् ।
शिक्षक ०७७ साल वैशाख महिनाको अन्तिमसम्मै सिन्धुपाल्चोकमै रहेका थिए । त्सपछि उनी आफ्नै गृह जिल्ला सुर्खेत पुगेर पुनः विद्यालयमा उपस्थित हुनपर्ने भएपछि आएका थिए । सोही क्रममा उनको नागढुंगामा स्वाब संकलन भएको थियो । सोहीको रिपोर्ट सोमबार आएको थियो ।
उनको रिपोर्ट आएसँगै वडा सिल भएको हो ।
सूचनामा भनिएको छ, ‘उक्त क्षेत्रका सर्वसाधरण नागरिकहरुले यस सूचनालाइर्य आधार मानि अत्यावश्यक काम बाहेक घरबाट नगई आफ्नै घरमा सुरक्षित रहनु हुन समेत जाकारी गरिन्छ ।’
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।