काठमाडौं । बुढानिलकण्ठ नगरपालिकामा ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
वडा नं १२ का दुईजना सहित ५ जनामा कोरोना पुष्टि भएको नगरपालिकाले जानकारी दिएको छ । वडा नं १२ का दुई सहित वडा नं २ मा एक जना ,वडा नं ४ मा एक जना र वडा नं १० मा एक जनामा कोरोना संक्रमण देखिएको हो ।
स्वास्थ्य शाखा बुढानिलकण्ठका अनुसार साउन २६ गतेको रिपोर्ट अनुसार वडा नं २ महादेव खोलाका ३२ वर्षीय पुरुष ,वडा नं ४ रुद्रेश्वर टोलकी २४ वर्षीय महिला ,वडा नं १० की २८ वर्षीय महिला र वडा नं १२ का २७ वर्षीय पुरुष र ५२ वर्षीय महिलामा कोरोना संक्रमण देखिएको हो ।
त्यस्तै बुढानिलकण्ठ नगरपालिकाले बुढानिलकण्ठ स्वास्थ्य चौकी वडा नं ३ मा ९५ जनाको स्वाव संकलन गरेको जानकारी दिँदै कोही बाहिरबाट आएका नागरिक भए वडामा सम्पर्क गर्नसमेत अनुरोध गरेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।