भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सोमबार ट्वीट गर्दै मुर्खजीले आफूलाई कोरोना भाइरस पोजेटिभ देखिएको जानकारी दिएका छन्।
‘नियमित परीक्षणका लागि अस्पताल गएको थिएँ, कोरोना परीक्षण गराउँदा मलाई पोजेटिभ देखिएको छ मेरो सम्पर्कमा आएका सबैले स्वास्थ्य परीक्षण गरी आइसोलेसनमा बस्नु होला’ पूर्व राष्ट्रपतिले भनेका छन्।
भारतले कोरोना संक्रमित र मृतकको संख्यामा अमेरिका र ब्राजिललाई पछि छोडेको छ।
भारतमा एकैदिन ६२ हजारभन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् भने एक हजारभन्दा बढीको मृत्यु भएको छ।
भारतमा बितेको चौबिस घण्टामा ६२ हजार १ सय १७ जना नयाँ संक्रमित फेला परेका छन् भने १ हजार १३ जनाको मृत्यु भएको हो।
योसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४४ हजार ४ सय ६६ पुगेको छ भने २२ लाख १४ हजार १ सय ३६ जना संक्रमित छन्।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।