बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :
कोरोना अपडेट

विश्वभर संक्रमितको संख्या २ करोड नाघ्यो,को संख्या कति ?

विश्वभर संक्रमितको संख्या २ करोड नाघ्यो,को संख्या कति ?

मेगा खबर संवाददाता

२६, श्रावण २०७७
  • 2.0K
    SHARES

  • विश्वभर संक्रमितको संख्या २ करोड नाघ्यो,को संख्या कति ?

    काठमाडौं। विश्वमा कोरोना संक्रमितको संख्या २ करोड नाघेको छ । हालसम्म २ करोड २३ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जस मध्ये १ करोड २८ लाख ९७ हजार ८१३ जना निको भएका छन् भने ७ लाख ३३ हजार ९७५ जनाको मृत्यु भएको छ । हाल विरामीको संख्या ६३ लाख ९१ हजार २२८ रहेको छ ।

    दक्षिण अमेरिकी मुलुक ब्राजिलमा कोरोना भाइरस संक्रमितमध्ये एक लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार ब्राजिलमा ३० लाखभन्दा बढी मानिस कोरोना संक्रमित छन् ।

    करिब २१ करोड २० लाख जनसंख्या रहेको ब्राजिल विश्वमै सबैभन्दा बढी कोरोना प्रभावित मुलुकमध्ये दोस्रो हो । पहिलो सर्वाधिक असर परेको मुलुक संयुक्तराज्य अमेरिका हो ।

    ब्राजिलमा पछिल्लो २४ घण्टामा ९०५ जनाको ज्यान गएको छ भने एकै दिन ४९ हजार ९७० जनामा संक्रमण देखिएको छ ।

    संयुक्तराज्य अमेरिकामा ५१ लाख ४९ हजार ७२३ संक्रमित मध्ये निको भएकाको संख्य २६ लाख ३८ हजार ४७० छन् । यहाँ मृत्यु हुनेको संख्या १ लाख ६५ हजार रहेको छ ।

    भारत तेस्रो स्थानमा छ । यहाँ २२ लाख बढी संक्रमित रहेका छन् ।

    सोमवार, श्रावण २६ २०७७०८:४७:२९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार