बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

हृदयघात भएका नेकपा सिन्धुपाल्चोकका इन्चार्ज देशबन्धुकाे सफल शल्यक्रिया

हृदयघात भएका नेकपा सिन्धुपाल्चोकका इन्चार्ज देशबन्धुकाे सफल शल्यक्रिया

मेगा खबर संवाददाता

२५, श्रावण २०७७
  • 3.2K
    SHARES

  • हृदयघात भएका नेकपा सिन्धुपाल्चोकका इन्चार्ज देशबन्धुकाे सफल शल्यक्रिया

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा ‘देशबन्धु’को सफलतापुर्वक शल्यक्रिया भएको छ । सिन्धुपाल्चोक जिल्ला इन्चार्ज समेत रहेका सापकोटाको हृदयघात भएपछि मनमोहन कार्डियोथोरासिक, महाराजगञ्जमा सफलतापुर्वक शल्यक्रिया भएको हो ।

    गृहजिल्ला सिन्धुपाल्चोमै रहेको बेला आज दिउँसो हृदयघात भएपछि उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो ।

    उनको सोही अस्पतालमा सफलतापूर्वक शल्यक्रिया भएको हो । उनको सफल शल्यक्रिया भएपछि उनका शुभेच्छुकहरुले शीघ्र स्वास्थ्य लाभको कामना विभिन्न माध्यमबाट गरिरहेका छन् ।

    सभामुख अग्निप्रसाद सापकोटाले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भनेका छन्,‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं सिन्धुपाल्चोक जिल्ला इन्चार्ज कृष्णप्रसाद सापकोटा 'देशबन्धु'लाई आज हृदयघात भएकोमा आजै उहाँको त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा सफलतापूर्वक सल्यक्रिया सम्पन्न भएको छ ।’

     

    बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल ‘शरद’ ले सामाजिक सञ्जाल फेसबुकमार्फत स्वास्थ्य लाभको कामना गर्दै भनेका छन्, ‘नेकपाका केन्द्रीय सदस्य एवं सिन्धुपाल्चोक जिल्ला इन्चार्ज क। कृष्णप्रसाद सापकोटाको हृदयघात भइ मनमोहन कार्डियोथोरासिक, महाराजगञ्जमा सफलतापुर्वक शल्यक्रिया भएको छ । उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’

    ंजनयुद्धको पृष्ठभूमि देखि लामो र खारिएको राजनीतिमा होमिएका नेताको रुपमा सिन्धुपाल्चोकमा परिचित छन् । तत्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच भएको पार्टी एकीकरणपछि उनी सिन्धुपाल्चोकको पार्टी इन्चार्जको रुपमा कार्यरत छन् ।

    पारिवारिक स्रोतका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य छ ।

    आइतवार, श्रावण २५ २०७७१०:००:१५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार