काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाले घर नक्सा पासको काम बन्द गरेको छ । विश्वमा महामारीको रुपमा फैलँदै गएको कोभिड १९ अवस्थालाई मध्यनजर गर्दै नक्सा पासको काम बन्द भएको हो ।
अर्को सूचना प्रकाशित नभएसम्मका लागि काम बन्द भएको नगरपालिकाले एक सूचनामार्फत जानकारी दिएको छ । ‘कोरोना भाइरस को विश्वव्यापी संक्रमणको वर्तमान अवस्थामा संक्रमण बढ्दै गएको तथा यस नगरपालिकामा समेत केही व्यक्तिहरुमा संक्रमण पुष्टि भएको हुँदा सम्भावित जोखिमलाई न्यूनिकरण गर्न यस कार्यलयबाट सम्पादन गरिने घर नक्सा पास सम्बन्धी सम्पूर्ण कार्यहरु आजको मितिबाट अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको वयहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’ नगरपालिकाका इन्जिनियर सुनिल महर्जनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसबाट सेवाग्राहीमा पर्न जाने अनुविधाप्रति नगरपालिका क्षमाप्रार्थि छ ।’
कोरोना प्रकोपको स्थितिलाई मध्येनजर गर्दै बुढानिलकण्ठ नगरपालिकाले अर्को सुचना प्रकासित नभएसम्मका लागि घर नक्सा पास कार्य बन्द गरेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।