काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुढानिलकण्ठ नगरपालिका वडा नं ८ का ३ जना ,वडा नं ३ का २ जना,वडा नं १ का १ जना ,वडा नं २ का १ जना र वडा नं १० का १ जनामा कोरोना संक्रमण देखिएको हो ।
वडा नं ८ मा ३१ वर्षीय महिला र ३४ वर्षका पुरुष र १८महिनाको शिशुमा कोरोना संक्रमण देखिएको छ भने वडा नं ३ का ५१ र ४१ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ।
त्यस्तै वडा नं १ का ४५ वर्षीय महिला ,वडा नं २ का ४५ वर्षीय महिला ,वडा नं १० का ३८ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि नगरपालिका उच्च जोखिममा परेकोले अन्यन्त सचेत र सजग भएर रहनका लागि नगरवासिलाई अनुरोध गरिएको छ ।
त्यस्तै, घर नक्सा पासको काम पनि अर्को सूचना नआएसम्मका लाग स्थगित भएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।