बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

सुनकोशी–७ का एक पुरुषमा कोरोना संक्रमण

सुनकोशी–७ का एक पुरुषमा कोरोना संक्रमण

मेगा खबर संवाददाता

२५, श्रावण २०७७
  • 2.4K
    SHARES

  • सुनकोशी–७ का एक पुरुषमा कोरोना संक्रमण

    चौतारा । काभ्रेमा बस्दै आएका सुनकोशी गाउँपालिका–७ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार संघीय प्रहरी कार्यालय बागमती अन्तर्गत काभ्रेको बनेपामा कार्यरत ७ जनामा कोरोना पोजेटिभ देखिएको थियो र उनीहरुमध्ये एकजना सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका ७ का रहेको छ ।

    सुनकोशी गाउँपालिकाका उनी १६ साउनमा उनी घर आएका थिए । घरमा दुई दिन बसेर बनेपा फर्किएका उनको स्वाब परीक्षण गर्दा पोजेटीभ रिपोर्ट आएको हो ।

    ‘काभ्रेमा थपिएका संक्रमितमध्ये एकजना सुनकोसी गाउँपालिका ७ का हुनुहुन्छ, प्रहरी सेवामा कार्यरत उहाँलाई आसोलेशनमा राखिएको छ ।’ सुनकोशी ७ का वडाध्यक्ष इश्वर तिमिल्सिनाले जानकारी दिए ।

    शनिवार संक्रमित ब्यक्तिले फोन गरेर सुनकोसी ७ का वडाअध्यक्षलाई आफू संक्रिमित भएको जानकारी गराएका थिए ।

    शनिवार नै सुनकोसी ७ मा स्थानीयलाई सावधानीका उपाय अवलम्बन गर्न र घर बाहीर ननिस्कन प्रहरी प्रशासनले आग्रह गरीसकेको छ । कन्टयाक्ट ट्रेसिङका आधारमा प्रत्यक्ष सम्पर्कमा आएकाहरुको पीसीआर टेष्टको निमित्त स्वाब संकलन पनि गरिएको छ ।

    पोजेटिभ देखिएको र संक्रमित प्रहरी पुरुष गाउँ आएको तथ्यका आधारमा जामुनेका ३७ जनाको स्वाव संकलन गरि परीक्षणका लागि पठाईएको हो । संक्रमितको परिवार, छिमेक र सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरि परीक्षणका लागि पठाईएको उनिहरुको रिपोर्ट नआएसम्मका लागि जामुने क्षेत्र शिल गर्ने निर्णय समेत भएको छ ।

    आइतवार, श्रावण २५ २०७७०७:३६:३६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार