बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :
सिन्धुपाल्चोकमा प्राकृतिक प्रकोप:

पहिरोले विस्थापित नाम्फालीको माग: तत्काल राहत र पुर्नःस्थापना

पहिरोले विस्थापित नाम्फालीको माग: तत्काल राहत र पुर्नःस्थापना

मेगा खबर संवाददाता

२५, श्रावण २०७७
  • 3.4K
    SHARES

  • पहिरोले विस्थापित नाम्फालीको माग: तत्काल राहत र पुर्नःस्थापना

    सिन्धुपाल्चोक । जिल्लाको जुगल गाउँपालिका वडा नं २ स्थित सानो नाम्फाका पहिरो विस्थापितहरुले तत्काल राहत र पुनस्थापनाको पहल गरिदिन माग गरेका छन् ।

    गत असार २६ गते राति गएको भीषण पहिरोबाट पूर्ण रुपमा विस्थापित २९ घर परिवारले आफूहरुलाई स्थानिय सरकारले समेत बेवास्ता गरेको गुनासो गर्दै तत्काल राहतको माग गरेका हुन् । हिजो अनुगमन र सहजीकरणका लागि पुगेको नेपाल कम्युष्टि पार्टीका केन्द्रीय सदस्य माधव सापकोटा सुबोध सहितको पार्टी प्रतिनिधिसँग स्थानियले आफ्नो समस्या पोखेका हुन् ।

    पहिरो पछि सानो नाम्फाका २९ घर परिवार ठूलो नाम्फामा अर्काको बारीमा अस्थाई टेन्ट हालेर बसेका छन् । त्यहाँ पनि सञ्चगाउँको ठूलो ढुंगा जुनसुकै बेला खसेर समस्या हुन सक्ने भन्दै विस्थापितहरु चिन्तित छन् । २०७२ सालमा गएको भूकम्पले बस्ती पूरै क्षति भएपछि सरकारले दिएको राहतको सदुपयोग गर्दै उनीहरुले घर बनाएका थिए । घरमा बसेको बर्ष वित्न नपाउँदै बस्तीको दुबैतर्फ पहिरो गएपछि र घरहरुको बीच बीचमा समेत चिरा परेपछि उनीहरु थातथलो छोड्न बाध्य भएका हुन् ।

    117314828_293513721714872_1183869659593148170_n.jpg

    हिजो भएको छलफलमा विस्थापितले तत्कालका लागि राहतका साथै स्थाई बसोबासको व्यबस्थाका लागि पहल गरिदिन आग्रह गरेका हुन् । उनीहरुले हाइड्रोपावरले समेत सुरुङ खन्ने क्रममा लापरवारी गरेको दावी गर्दै क्षतिपूर्तिको माग गरे ।

    छलफलमा नेता सापकोटाले आफूहरु हरेक विपत्तिमा जनतासंगै रहेको स्पष्ट गर्दै यसपटक पनि सहयोग र सहजीकरण गर्ने प्रतिवद्धता जनाए । उनले सञ्चगाउँको ठूलो ढूंगा व्यबस्थापन गरिने बताउँदै हाइड्रोपावर सम्बद्ध अधिकारीहरुसँग पनि छलफलका लागि सहजीकरण गरिने बताए । उनले पीडितको मागलाई सम्बोधन गर्न हाइड्रोपावर र सरकारसंग छिट्टै छलफल गरिने प्रतिवद्धता दोहोर्याए ।

    स्थानिय विस्थापितहरुसंग भएको छलफलमा नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा सुबोध सहित सहित नेकपा जुगल गाउँपालिकाका अध्यक्ष पदम श्रेष्ठ, सहइन्चार्ज रेशम स्याङ्बो, सचिव लक्ष्मण दोङ्, नेता जेपी सिलवाल लगायत सहभागी भएका थिए । छलफलका सहभागिले दुःखका बेला सम्झेकोमा नेतृत्वलाई धन्यवाद ज्ञापन गदै आफ्ना मागबारे गम्भिर भइदिन विशेष आग्रह गरेका थिए ।

    117338079_618947682361106_4656719665810375811_n.jpg

    117337869_3224244364362496_9171430595038000906_n.jpg

    116987009_308832187097137_7981837534941538657_n.jpg

    आइतवार, श्रावण २५ २०७७०२:५५:२६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार