बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

पर्सामा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि

पर्सामा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि

मेगा खबर संवाददाता

२५, श्रावण २०७७
  • 1.7K
    SHARES

  • पर्सामा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि

    पर्सा । पर्सामा थप ७५ जनामा कोरोना संक्रमण देखिएको छ ।  नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि हुनेमा  ९ जना प्रहरी समेत रहेका छन् ।  १५ जना महिलासहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।  ७५ जना संक्रमितमध्ये २९ जना कन्ट्याक्ट ट्रेसिङको क्रममा कोरोना पोजिटिभ देखिएका हुन् ।

    वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका एकजना कर्मचारीमा पनि कोरोना पोजिटिभ देखिएको छ ।  यसैगरि वरुणयन्त्रका दुईजना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । ७ जना संक्रमित वीरगन्जको गणेश टोलका बासिन्दा हुन् । अन्य संक्रमित वीरगन्ज बिभिन्न स्थानका रहेका छन् । 

    को लिंकरोड, राधेमाई, नगवा, घडीअर्वा, महावीर टोल, कुम्हाल टोल, भिस्वा, पटेलनगर, पावर हाउस, चिनीमिल क्वाटर, पानीट्यांकी, पिपरा, श्रीपुर, मुर्लीका बासिन्दा हुन् । पर्साको पकाहामैनपुर गाउँपालिकाका दुई जनामा पनि कोरोना पुष्टि भएको छ । अमरपट्टीका ३ जना र बहुदरमाई नगरपालिका–७ का एकजनामा कोरोना देखिएको छ । साउनयता पर्सामा ८ सय ३८ नयाँ संक्रमित थपिएका छन् ।

    आइतवार, श्रावण २५ २०७७१२:३६:१७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार