काठमाडाै, देशभरका पाँच वर्षसम्मका बालबालिकालाई कार्तिक ७ र ८ गते भिटामिन ‘ए’ खुवाइने भएको छ ।
सरकारले यसभन्दा अघि कात्तिक २ र ३ गते भिटामिन ‘ए’ खुवाइने कार्यक्रम तय गरेपनि दशैं परेकाले समय परिर्वतन गरेकोे छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार ६ देखि ५९ महिनाका बालबालिकाहरूलाई भिटामिन ए क्याप्सुल, १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइन्छ ।
६ देखि २३ महिनाका बालबालिकालाई बहु सुक्ष्म पोषक तत्व बाल भिटा समेत दिइने भएको छ । देशभरको खोप केन्द्रलाई राष्ट्रिय भिटामिन ए कार्यक्रमको तयारी थाल्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।