बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

के तपाई बेडमा पल्टिने बित्तिकै भुसुक्कै निदाउनुहुन्छ ? यसो भन्छन् विज्ञ !

के तपाई बेडमा पल्टिने बित्तिकै भुसुक्कै निदाउनुहुन्छ ? यसो भन्छन् विज्ञ !

मेगा खबर संवाददाता

११, आश्विन २०७८
  • 1.7K
    SHARES

  • के तपाई बेडमा पल्टिने बित्तिकै भुसुक्कै निदाउनुहुन्छ ? यसो भन्छन्  विज्ञ !

    मानिसहरु बेडमा पल्टिएको घण्टौंसम्म पनि निदाउन सक्दैनन् तर कति भने भुसुक्कै निदाइहाल्छन् ।

    स्वास्थ्यका लागि छिटै निदाउनु निकै राम्रो हुन्छ तर स्वास्थ्य विज्ञका अनुसार छिटो निदाउनु पनि स्वास्थ्यका लागि केही अवस्थामा हानिकारक हुने गर्छ । 

    निदाउन यति समय लाग्नुपर्छः

    तपाईं छिट्टै निदाउनुहुन्छ भने यो राम्रो–नराम्रो दुबै हो । राम्रो कुरा यो हो कि तपाईं ती मानिसमध्ये एक हुनुहुन्छ जो सजिलै निदाउन सक्छन् । नराम्रो कुरा के हो भने तपाईंको शरीरलाई बढी निद्रा आवश्यक परेका कारण तपाईं भुसुक्क निदाउनु भएको पनि हुनसक्छ ।

    स्वास्थ्य अधिकारीका अनुसार धेरैजसो मानिसलाई निदाउनका लागि लगभग ५ देखि २० मिनेटको आवश्यकता पर्छ ।  यो मानिसको शरीरको हिसाबले अलग पनि हुनसक्छ । 

    हुनसक्छन् यस्ता समस्याः

    निकै छिट्टै निद्रा लाग्नु स्लीप डिसअर्डरसँग पनि जोडिएको हुनसक्छ । यदि तपाईं राती ६ घण्टा पनि कम सुत्नुहुन्छ भने तपाईंको शरीरले पर्याप्त निद्रा पाइरहेको छैन भनेर बुझ्नुहोस् । यसैकारण पनि तपाईंलाई जतिबेला पनि निद्रा लागिरहेको जस्तो महसुस हुन्छ । खानपिनजस्तै तपाईंको शरीरलाई पनि निद्रा त्यति नै आवश्यकता पर्छ । विशेषज्ञका अनुसार जसको निद्रा पूरा हुन पाउँदैन उनीहरुमा मधुमेह, मुटुरोग, मोटोपना, उच्च रक्तचाप र डिप्रेशनको खतरा बढ्ने गर्छ 

    के भन्छन् विज्ञ?

    अमेरिकाको बिहेवियरल स्पिल मेडिसिन साइकोलोजिस्ट मिशेल ड्रेरुपका अनुसार यदि तपाईं तीन मिनेट भित्रै निदाउनु हुन्छ र सुतेर उठेपछि ताजा महसुस गर्नुहुन्छ भने तपाईंले यसमा चिन्ता गर्नुपर्ने कुरा छैन । यद्यपि, कतिपय अवस्थामा भने तपाईंलाई निद्रा नपुगिरहेका कारण तपाईं बेडमा पल्टिने बित्तिकै निद्रा लागेको हुनसक्ने पनि यसले संकेत गर्छ । यस्तो त्यतिबेला हुन्छ जब तपाईं गलत समयमा सुत्नुभएको छ वा तपाईं चाँडै उठ्नुहुन्छ तर समयमा गहिरो निद्रामा पर्न पाउनुहुन्नँ

    सोमवार, आश्विन ११ २०७८०७:४८:३३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार