बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

बलेफी गाउँपालिकाका चार दर्जन नेता नेकपा प्रवेश

बलेफी गाउँपालिकाका चार दर्जन नेता नेकपा प्रवेश

मेगा खबर संवाददाता

२४, श्रावण २०७७
  • 2.7K
    SHARES

  • बलेफी गाउँपालिकाका चार दर्जन नेता नेकपा प्रवेश

    चौतारा । सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका ८ कागुनेका कांग्रेस नेता नेकपा प्रवेश गरेका छन् ।

    शनिबार कांग्रेसका नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरी नेकपा प्रवेश गरेका हुन् ।

    बलेफी गाउँपालिका ८ का अध्यक्ष चरि बहादुर तामाङका अनुसार स्थानिय राजेश तामाङ र इन्द्र श्रेष्ठको नेतृत्वमा चार दर्जन युवा नेकपा प्रवेश गरेका हुन् ।

    बलेफी गाँउपालिका अध्यक्ष तथा नेकपा प्रदेश कमिटी सदस्य केदार क्षेत्री, नेकपा बाह्रविसेका अध्यक्ष ज्ञानेन्द्र राउत, जिल्ला कमिटी सदस्य प्रदीप पौडेल, कार्केल लामा र वलेफी ८ का अध्यक्ष तामाङ लगायतले  पार्टी प्रवेश गरेकोलाई  स्वागत गरेका थिए ।

    जुरे पहिरोमा परेका पीडितलाई आश्वासन दिनेमात्र काम भएको, पार्टी नीतिमा चल्न समस्या भएको लगायतका कारणले नेकपा प्रवेश गरेको प्रवेश गर्नेमध्येका एक ईन्द्र श्रेष्ठले बताए ।

     

    शनिवार, श्रावण २४ २०७७०७:४७:३०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार