चौतारा । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं ५ राम्चेमा स्थापना भएको पुस्तकालय उद्घाटन भएको छ ।
शनिबार भएको एक कार्यक्रमकाबीच पुस्तकालय उद्घाटन भएको हाे। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला सदस्य रामचन्द्र मगर ‘गगन’ ले पुस्तक प्रदर्शन गरी उद्घाटन गरिएको हो ।
उदु्घाटन कार्यक्रममा लकडाउनको बेला खाद्यान्न सामाग्री सहयोग गर्न पहल गरेका स्थानीय समाजसेबी, बिजयबहादुर मगरलाई सम्मान पत्रका साथ सम्मान समेत गरिएको थियो ।
पुस्तकालय उद्घाटन कार्यक्रममा सभापति रन्जित आचार्य , अतिथिहरु भुमेश्वरी, आ.वि अध्यक्ष श्याम मगर, समाजसेवी विष्णु घिमिरे, अम्बिका नेपाल लगायतको बाक्लो उपस्थिति रहेको थियो ।
साथै, कार्यक्रममा बालबालिकाहरुको घ्याम्पो फुटाइ, गुच्चा चम्चा लगायतका खेलहरुका साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि भएको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।