पोषक तत्वले भरिएको केराले कहिले काँही बेफाइदा पनि गर्छ । केरा पकाउने र पाक्ने प्राकृतिक प्रक्रिया हुन्छ । तर, कहिलेकाँही पाकेको केराले शरीरलाई बेफाइदा गर्छ ।
केरामा पोटाशियम, फोलेट, कार्बनडाइअक्साइड र ट्रिप्टोफ्यान जस्ता पोषक तत्वहरु पाइन्छ । यो स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ ।
१,पहेँलो केरा
सामान्यतयाः पहेँलो रङको केराले स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । यस्तो केरा खैरो भइसकेको केराभन्दा सुरक्षित मानिन्छ । यस्तो केरामा सबै प्रकारका पोषक तत्वहरु पूर्ण रुपमा पाइन्छ ।
२,हरियो केरा
हरियो केरा अर्थात कम पाकेको केरा स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । किनकी यसमा चिनीको मात्रा निकै कम र रेजिस्टेन्ट स्टार्चको मात्रा धेरै हुन्छ । यसको सेवनले छिट्टै भोक लाग्दैन । विशेषगरी तौल कम गर्न चाहाने व्यक्तिहरुका लागि यस्तो केराको सेवन गर्नु उचित हुन्छ ।
३,धेरै पाकेको केरा
स्वास्थ्य विशेषज्ञका अनुसार धेरै पाकेको केरा सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक मानिन्छ । धेरै पाकेको केराको बोक्रामा कालो धब्बाहरु आउँछ । यस्तो केरामा स्टार्च कम हुन्छ । जुन चिनीमा परिवर्तन हुन्छ । धेरै पाकेको केरामा चिनीको मात्रा १७।४ ग्राम हुन्छ । भने, हल्का पाकेको केरामा १४।४ ग्राम हुन्छ ।
४,फाइबर कम भएको केरा
धेरैभन्दा धेरै पाकेको केरामा फाइबरको मात्रा कम हुन्छ । यसमा जम्मा १।९ ग्राम फाइबर पाइन्छ । भने, हल्का पाकेको केरामा ३।१ ग्राम फाइबर हुन्छ । धेरै पाकेको केरामा भिटामिन ए, भिटामिन बी६, भिटामिन के पनि कम हुन्छ । यसले रगतमा ग्लुकोजको मात्रा बढाउँछ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।