बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

बेरुत बिस्फोटः लेबनानमा मानवीय संकट उत्पन्न हुन सक्ने संयुक्त राष्ट्रसंघको चेतावनी

बेरुत बिस्फोटः लेबनानमा मानवीय संकट उत्पन्न हुन सक्ने संयुक्त राष्ट्रसंघको चेतावनी

मेगा खबर संवाददाता

२४, श्रावण २०७७
  • 1.8K
    SHARES

  • बेरुत बिस्फोटः लेबनानमा मानवीय संकट उत्पन्न हुन सक्ने संयुक्त राष्ट्रसंघको चेतावनी

    लेबनानको राजधानी बेरुतमा गएको मंगलबार राति भएको शक्तिशाली बिस्फोटपछि त्यहाँ मानवीय संकटको अवस्था आउन सक्ने संयुक्त राष्ट्रसंघको निकायले चेतावनी दिएको छ ।

    बिस्फोट पूर्व नै लेबनान गम्भीर आर्थिक संकटसँग जुधिरहेको थियो, त्यसमाथि शक्तिशाली बिस्फोटले थप संकट पदा गरेको छ।

    मंगलबार राति बेरुतको तटीय क्षेत्र नजिक रहेको गोदाममा राखिएको बिस्फोटक पदार्थ बिस्फोट हुँदा कम्तीमा १५४ जनाको ज्यान गएको छ। यस्तै पाँच हजार मानिस घाइते भएका छन् भने तीन लाख मानिस घरबार बिहीन बनेका छन्।

    विश्व खाद्य कार्यक्रमले बेरुतमा भएको बिस्फोटले खाद्य आपूर्तिमा असर गरेको र मूल्य बढेको बताएको छ।

    विश्व स्वास्थ्य संगठनले बिस्फोटपछि त्यहाँको स्वास्थ्य प्रणाली गम्भीर रुपमा बिग्रिएको उल्लेख गरेको छ। तीनवटा अस्पतालको सेवा रोकिएको छ।

    oooo.jpg

    मंगलबारको बिस्फोट अघि नै ७५ प्रतिशत लेबनानीलाई सहयोगको खाँचो थियो, ३३ प्रतिशतले रोजगार गुमाएका थिए र १० लाख भन्दा बढी मानिस गरिबीको रेखामुनि थिए।

    बिस्फोटपछि अवस्था थप गम्भीर बनेकाले अन्तर्राष्ट्रिय सहयोग तत्काल र पर्याप्त नभएमा त्यहाँ मानवीय संकटको अवस्था आउने संयुक्त राष्ट्रसंघका निकायले बताएका हुन्।

    यसैबीच लेबनानका राष्ट्रपति मिशेल एउनले बिस्फोटको घटनाबारे अन्तर्राष्ट्रिय अनुसन्धानको माग खारेज गरेका छन्। स्थानीय अधिकारीले नै बिस्फोटको कारण बाहिरबाट गरिएको बम वा अरु कुनै आक्रमण रहे–नरहेको बारे अनुसन्धान गर्ने उनले बताएका छन्।

    यस्तै बिद्रोही समूह हेज्बुल्लाहका नेता हसन नास्रालाहले पनि आफूहरुले बन्दरगाहमा हतियार वा गोलाबारुद भण्डारण नगरेको बताएका छन्।

    लेबनान सरकारका अनुसार विगत ६ वर्षदेखि असुरक्षित रुपमा भण्डारण गरिएको २७ सय ५० टन एमोनियम नाइट्राइटका कारण बिस्फोट भएको हो।

     

    शनिवार, श्रावण २४ २०७७०९:१८:५५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार