बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

के तपाईको पिसाबमा रगत देखिन्छ यस्तो छ खतरनाक ?

के तपाईको पिसाबमा रगत देखिन्छ यस्तो छ खतरनाक ?

मेगा खबर संवाददाता

५, आश्विन २०७८
  • 1.4K
    SHARES

  • के तपाईको पिसाबमा रगत देखिन्छ यस्तो छ खतरनाक ?

    उमेरसँगै पिसाब र प्रजनन प्रणालीसँग जोडिएका समस्याहरूको सामना गर्नुपर्ने हुन्छ । यससम्बन्धी लक्षणहरु सामान्य नै हुन्छ ।

    पिसाब सम्बन्धी केही यस्ता लक्षणहरु देखिन्छन् जसलाई बेवास्ता गर्दा ज्यानै जोखिममा पार्ने रोगहरुको सामना गर्नुपर्ने हुनसक्छ । पिसाब गर्ने प्रक्रियालाई गम्भीरताका साथ नलिँदा धेरै प्रकारका समस्याको सामना गर्नुपर्ने हुन्छ । 

    १ पिसाब गर्दा समस्या 
    युरिनरी फ्रिक्वेन्सी, छिटोछिटो पिसाब आउनु, युरीनरी प्रवाह कमजोर हुनु, पिसाब गर्दा दबाब महसुस हुन जस्ता लक्षणहरु प्रोस्टेटसँग जोडिएका समस्या हुनसक्छ । यो समस्या न्युरोलोजिक रोग, खाना वा औषधिसँग जोडिएको समस्या हुनसक्छ ।

    २ अण्डकोषमा दुखाई
    अण्डकोष दुख्ने समस्या आएमा विशेषज्ञसँग जाँच गराउन आवश्यक छ । समयमा नै यस्ता समस्याहरूको समाधान गर्न आवश्यक छ । त्यसका लागि पिसाबसम्बन्धी कुनै पनि समस्या देखिएमा तुरुन्तै डाक्टरको सल्लाह लिनुपर्छ ।

    ३ पिसाबमा रगत 
    ब्लड क्यान्सर, मिर्गौलामा क्यान्सर, मिर्गौलामा पत्थरी जस्ता रोगमा पिसाबबाट रगत आउने गर्छ । पिसाबमा रगत देखिन थाल्यो भने तुरुन्तै चिकित्सकको सल्लाह लिन आवश्यक छ ।

    ४ पिसाब गर्दा दुख्नु
    पिसाब गर्ने समयमा पीडा, जलन जस्ता समस्या देखिए मुत्र नलीमा संक्रमण भएको हुनसक्छ । तन्तुमा क्षति र क्यान्सरको कारण पनि यस्तो समस्या आउन सक्छ । 

    मंगलवार, आश्विन ५ २०७८०९:११:४६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार