काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोले अवरुद्ध सिन्धुपाल्चोकको जुगल र बलेफी गाउँपालिकाको सडक सुचारु भएको छ । गाउँपालिकाका बलेफी, ढाँडे, बतासे लगायतका क्षेत्रमा अवरुद्ध भएको सडक सुचारु भएको हो ।
बिहिबार मध्यान्हदेखि परेको वर्षाले यस क्षेत्रको जनजीवन अस्तव्यस्त बनाएको थियो । वर्षाका कारण भएको क्षतिको अनुगमन तथा निरीक्षण भएको छ । बागमती प्रदेशका अर्थ विकास समिति सदस्य तथा प्रदेशसभा सदस्य सरेश नेपाल, नेकपाका युवा नेता तथा केन्द्रीय सदस्य माधव सापकोटा ‘सुबोध’ लगायतले शुक्रबार बाढी प्रभावित क्षेत्रमा पुगेका थिए ।
साथै, उनीहरुले आ–आफ्नो तर्फबाट सहयोगको प्रतिबद्धता समेत गरेका थिए ।

साथमा बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री, समाजसेवी तेज बहादुर थापा लगायतको उपस्थिति थियो । ०३९ सालयता परेको ठूलो वर्षा भएको स्थानीयहरुले बताएका छन् ।
अविरल वर्षाका कारण ब्रमायणी नदी र सोहीसँगै भएर बग्ने ठाडा खोल्साहरु अस्वभाविक रुपमा बढेपछि स्थानीय त्रसित भएका छन् ।
जलबिरे फेदी अवस्थित बजारको पुर्वी भुभागमा पहिरो गएको छ भने मानवीय क्षती भने भएको छैन् ।

बलेफी गाउँपालिकाका १ र २ नम्बर वडा लगायतका विभिन्न क्षेत्रमा निरीक्षण गरिएको थियो ।
जुुगल गाउँपालिका वडा नं ५ बराम्ची, ढाँडे, बलेफी गाउँपालिका वडा नं १ जलविरे, वडा नं २ कल्लेरी गाउँ र कल्लेरी बेसी, वडा न ३ धुस्कोट, चिलाउने, बलेफी ४ डाँडागाउँ, चौतारा साँगाचोकगढी नगरपालिका वडा नं २ बतासे, लगायतका क्षेत्रमा दिउँसो देखिको भीषण बर्षा जारी रहँदा स्थानिय ठाडो खोलामा आएको बाढीले गाउँ बस्तिमा त्रास उत्पन्न गराएको हो ।
उता, बलेफी गाउँपालिकाको सिमाना ढाँडेखोला, जलविरेको बोक्से खोला, झोलंगेको कामीटार खोला, कल्लेरी बसीको ढाँडेखोला, नौविसेको लप्सेखोलामा २०५९ साल यताकै ठूलो बाढी आएको स्थानिय बताए । स्थानिय राजेन्द्र भण्डारीले कामीटार खोलाको बाढीले सडक बगाएको र त्रास उत्पन्न भएको थियो ।



मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।