बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

बालबालिका भविस्यका कर्णधार हुन

बालबालिका भविस्यका कर्णधार हुन

स्वस्तिका नेपाल

२९, भाद्र २०७८
  • 4.7K
    SHARES

  • बालबालिका भविस्यका कर्णधार हुन

    निर्दोष आँखा , हैरान पार्नेगरी दोहोरीएका सामान्य प्रश्न हरु , तोते बोली , कार्टुनमा रमाउने बानि , बदमास र शैतानि ब्यवहारहरु अनि तिनीहरुका अबोध गतिविधि , बालबालिकाका जादुई आँखाहरु अनि ती भित्र रहेका सामान्य सपनाहरूका अगाडि त सायद प्रकृतिले हामी मानिसलाई पनि यहि रुपमा  रहिरहनका लागि बनाएका हुन कि जस्तो पनि लाग्छ । 
    बालापनमै हामीले हाम्रो सिक्ने क्षमता विकास गरेका हौं ।

    पाइलाका ठेस र पैतालाका घाउले हामिलाई गुरुत्वाकर्षण बल सिकायो होला , विशाल जगतमा प्रथम शब्द आमा ,बुबा भनेपछि हामिले धेरै कुरा र वस्तुहरुको नाम सिक्दै गयौं होला ,आमाको हातले खुवाएको गाँसहरु चपाउँदै हामिले आफैं खान सिक्यौ होला , हामीले पहिले 'क' बाट कमल ' ख' खरायो खरायोको सिंङ छैन कता हरायो ।

    विधालयको गृहकार्यले हामिलाई छेउकै वेन्चमा बस्ने साथि जस्लाई हामिले सोझै तिमी तपाईं केही नभनी तँ भनेका हुन्छौं , उन्को र उसको उपस्थितिले हामिलाई मित्रता सिकाएको होला र कापिका पानाहरुले हामिहरुलाई अक्षर लेख्न सिकाएको होला , बालापनका तिनै सिकाइका अध्यायहरुले हाम्रो जिवनभर एउटा प्रभाव र आधार दिइरहन्छ ।

    संसारमा एउटा बालबालिका भन्दा स्वतन्त्र अरु केही छैन , निर्दोष र स्वतन्त्र त्यो कलिलो बालमस्तिस्कमा माया , प्रेम , र सद्भावका भावनाहरु छर्न जरुरी छ । मान्छेलाई उसले लगाउने लुगाले होइन हैन उसको विचारले चिन्न सिकाउनु जरुरी छ , ठूलो घरभन्दा सुखी परिवारको महत्त्व उनीहरुलाई भन्न जरुरी छ , बाटोमा फोहोर उठाउन आउने मान्छे र चिल्लो गाडिमा बसेर अफिस जाने मान्छे विचमा सम्पत्ति विचको फरक भन्दा पनि मानवतारुपी समानता र काम ठूलो सानो हुन्न भन्ने महत्त्वपूर्ण जानकारी उनीहरुलाई सिकाउनुपर्दछ , कारमा बसेर सपिङ्ग महल होइन खाली खुट्टा हरियो दुबोमा उफ्रेर नाच्दाको रमाइलो उनिहरुलाई सिकाउन जरुरी छ ।

    पछिल्लो पुस्ताको बाल्यकाल र अहिलेको बाल्यकालमा धेरै फरक छ , डन्डिबियो र लुकामारीमा हुर्केका पुस्ताको तुलनामा आजभोलीको बालबालिका कम्प्युटर गेम र अनलाइन भिडियो अनि मोबाइल खेलेर हुर्किरहेका छन् । समय परिवर्तनशिल छ , उनिहरुलाई आफ्नो फेबरेट कार्टुन युटुबमा हेर्नू  र बिहानिको सुर्य उदाएको पछिको घामको पारिलो रापको स्वाद अनि अरुलाई मदत गर्न पाँउदाको असिम आनन्द सबै कुराहरुको बारेमा जानकारी गराउन र मानवीय क्रियाकलापको महत्त्वबारे सिकाउनु जरुरी छ !!

    मंगलवार, भाद्र २९ २०७८०८:३९:३५
    सम्बन्धित समाचार