काठमाडौं । सिन्धुपाल्चोकको जुगल र गाउँपालिकामा बिहीबार मध्यान्हदेखि रातभर अविरल रुपमा वर्षा भयो । ०३९ सालयताकै ठूलो वर्षा भएको स्थानीयहरुले अनुमान गरेका छन् ।
अविरल वर्षाका कारण ब्रमायणी नदी र सोहीसँगै भएर बग्ने ठाडा खोल्साहरु अस्वभाविक रुपमा बढेपछि स्थानीय त्रसित भएका छन् । योसँगै जुगल र बलेफी गाउँपालिकाको एतिहासिक बजार जलविरेको वासिन्दाहरुको जनजीवन पनि अस्तव्यस्त बनेको छ ।
जलबिरे फेदी अवस्थित बजारको पुर्वी भुभागमा पहिरो गएको छ भने मानवीय क्षती भने भएको छैन् ।
जुुगल गाउँपालिका वडा नं ५ बराम्ची, ढाँडे, बलेफी गाउँपालिका वडा नं १ जलविरे, वडा नं २ कल्लेरी गाउँ र कल्लेरी बेसी, वडा न ३ धुस्कोट, चिलाउने, बलेफी ४ डाँडागाउँ, चौतारा साँगाचोकगढी नगरपालिका वडा नं २ बतासे, लगायतका क्षेत्रमा दिउँसो देखिको भीषण बर्षा जारी रहँदा स्थानिय ठाडो खोलामा आएको बाढीले गाउँ बस्तिमा त्रास उत्पन्न गराएको हो ।
उता, बलेफी गाउँपालिकाको सिमाना ढाँडेखोला, जलविरेको बोक्से खोला, झोलंगेको कामीटार खोला, कल्लेरी बसीको ढाँडेखोला, नौविसेको लप्सेखोलामा २०५९ साल यताकै ठूलो बाढी आएको स्थानिय रघु न्यौपानेले बताए । गाउँमा ठाडो खोलो पसेपछि विलखबन्दमा परेको कल्लेरी न्यौपाने गाउँका शीक्षक देवी प्रसाद न्यौपानेको भनाई छ । स्थानिय राजेन्द्र भण्डारीले कामीटार खोलाको बाढीले सडक बगाएको र त्रास उत्पन्न भएको बताए ।
हेर्नुस तस्बिरहरु :











मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।