बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

के तपाई तीजको भोलि ब्रत बस्दैँ हुनुहुन्छ? यी कुरा खानुहोस्, भोक – प्यास कम लाग्छ !

के तपाई तीजको भोलि ब्रत बस्दैँ हुनुहुन्छ? यी कुरा खानुहोस्, भोक – प्यास कम लाग्छ !

मेगा खबर संवाददाता

२३, भाद्र २०७८
  • 3.2K
    SHARES

  • के तपाई तीजको भोलि ब्रत बस्दैँ हुनुहुन्छ? यी कुरा खानुहोस्, भोक – प्यास कम लाग्छ !

    हरितालिका तीज भाद्रपद महिनाको शुक्ल पक्ष तृतीयामा मनाइन्छ ।

    हरितालिका तीजको ब्रत यसपाली भोलि (बिहिबार) परेको छ । धेरैजसो महिलाले यसदिन निर्जला ब्रत बीस्छन् र शिव–पार्वतीको पूजा गर्ने गर्छन् । यस ब्रत विशेषगरी श्रीमानको लामो आयुको कामनाका लागि बस्ने गरिन्छ ।

    दिनभरी पानी नपिउने भएकोले केही महिलालाई कमजोर महसुस हुन्छ । हरितालिका तीज ब्रतको सुरुवात सूर्योदय अघि नै गरिन्छ । आज हामी तपाईंलाई दिनभरी खासै भोक प्यास नलाग्नका लागि के खाने भन्नेबारे जानकारी दिँदै छौं ।

    यस्ता खानेकुरा नखानुः

    ब्रत बस्नु एकदिन अघि महिलाले धेरै तारेको भुटेका खानेकुरा नखानुहोस् तर यस्ता खानेकुरा खाँदा दिनभरी घाँटी सुक्ने, भोक लाग्ने हुनसक्छ । त्यसैले ब्रत बस्नु अघि तारेका, भुटेका खानेकुरा खानबाट बच्नुहोस् । दरमा तपाईंले अन्य दिन झैं हल्का गर्नुहोस् । दाल, हरियो सागसब्जी आफ्नो खानामा समावेश गर्नुहोस् । धेरै मानिस बेलुका मिठाइ पनि खाने गर्छन् । मिठाइले पनि ब्रतका बेला असाध्यै प्यास लगाउँछ ।

    ड्राई फ्रुट्स र नरिवल पानीः

    काजु, बदाम, किशमिश र पिस्ताजस्ता ड्राई फ्रुट्सले तपाईंलाई ब्रत बस्ने दिन भरपुर ऊर्जावान् राख्छ । त्यसकारण तपाईंले पोषक तत्वले भरपुर ड्राई फ्रुट्सको सेवन गर्नुहोस् ।  तपाईं ब्रत सुरु गर्नु अघि नरिवलको पानी पिउनुहुन्छ भने तपाईंको शरीर दिनभरी हाइड्रेटेड रहन्छ र निर्जला ब्रत बस्दा पनि शरीरमा पानीको कमी हुँदैन । विज्ञलाई मान्ने हो भने नरिवल पानीले शरीरमा प्रतिरोधी क्षमतालाई पनि बढाउँछ ।

    अनारको जूस र ताजा फल सेवन गर्नुहोस्ः

    ब्रत सुरु गर्नुअघि तपाईं अनार खान सक्नुहुन्छ वा अनारको जूस पिउन सक्नुहुन्छ । यसले तपाईंलाई ऊर्जा दिन्छ । अनारको जूसले भिटामिन सीको दैनिक आवश्यकताको ४० प्रतिशत पूरा गर्छ र यसको सेवनले प्यास पनि कम लाग्छ । ताजा फलमा पानीको मात्रा अत्यधिक हुन्छ । ताजा फल खाँदा दिनभरी तपाईंको शरीरमा हाइड्रेशनको कमी महसुस हुँदैन । विशेषगरी यदि तपाईं चाहनुहुन्छ भने साइट्रस अर्थात् अमिला खानेकुराको सेवन गर्न सक्नुहुन्छ ता कि ब्रत बस्ने दिन प्यास नलागोस् ।

     

    बुधवार, भाद्र २३ २०७८०१:२९:०८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार