बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सरकारले तत्काल लकडाउन गर्दैन, अब स्थानिय आफैँ सतर्क हुनुपर्नेः सरकार प्रवक्ता

सरकारले तत्काल लकडाउन गर्दैन, अब स्थानिय आफैँ सतर्क हुनुपर्नेः सरकार प्रवक्ता

मेगा खबर संवाददाता

२२, श्रावण २०७७
  • 1.8K
    SHARES

  • सरकारले तत्काल लकडाउन गर्दैन, अब स्थानिय आफैँ सतर्क हुनुपर्नेः सरकार प्रवक्ता

    साउन २२, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता युवराज खतिवडाले सरकारले तत्काल लकडाउन नगर्ने बताएका छन् ।  

    बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा उनले सरकार देशभर लकडाउन गर्ने मनस्थितिमा नरहेको स्पष्ट पारे ।

    सरकारले कोरोना संक्रमणको जोखिम फेरि बढेको भन्दै उपत्यकामा बिहीबारदेखि अत्यावश्यक सेवाबाहेकका सवारीमा जोर-बिजोर प्रणाली लागू गरेको छ ।

    यो नियम २ सयभन्दा बढी सक्रिय संक्रमित भएको जिल्लाहरूमा पनि लागू हुने भनिएको छ । सरकारले काठमाडौं उपत्यकामा पनि अप्ठ्यारो स्थिति आइपरेको जनाएको छ ।

    उनले ठाउँ-ठाउँमा लकडाउन भएको देखिए पनि चैत ११ गते जारी भएको जस्तो मुलुकभर लकडाउन नहुने बताए । यद्यपी संक्रमणको जोखिम हेरेर ती ठाउँहरूमा भने लकडाउन गर्न सकिने उनले जनाए।

    अहिले पनि दुई दर्जन बढी स्थानीय तहहरूमा लकडाउन गरिएको छ । संक्रमणको जोखिम हेरेर जिल्ला प्रशासनहरूले लकडाउन गर्नसक्छ तर पहिले जस्तो देशभर लकडाउन गर्ने कुरा तत्काल नभएको उनले भने ।

    यसरी नै संक्रमित बढ्ने हो भने अस्पतालका बेड, उपकरण र स्वास्थ्यकर्मीले धान्न नसक्ने जनाइएको छ ।

    त्यसैले जनस्वास्थ्यको मापदण्ड पालना गर्न सरकारले अपील गरेको छ ।

    बिहिवार, श्रावण २२ २०७७०५:३४:४२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार