बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बाबुआमालाई सुसाइड नोट लेख्दै एक युवतीले गरिन् आत्महत्या

बाबुआमालाई सुसाइड नोट लेख्दै एक युवतीले गरिन् आत्महत्या

मेगा खबर संवाददाता

२२, श्रावण २०७७
  • 3.8K
    SHARES

  • बाबुआमालाई  सुसाइड नोट लेख्दै एक युवतीले गरिन् आत्महत्या

    साउन २२, काठमाडौं । विराटनगरस्थित शाखा कार्यालयमा कार्यरत युवतीले विष सेवन गरेर आत्महत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

    विराटनगर महानगरपालिका–८ सहयोगी टोलकी सनाज खतिवडाले विष सेवन गरेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।

    विष पिएर घाइते अवस्थामा भेटिएकी उनको उपचारको क्रममा नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको राईले बताए । 

    आत्महत्या गर्नुअघि खतिवडाले लेखेको एउटा सुसाइड नोट समेत फेला परेको छ ।सुसाइड नोटमा बाबु र आमालाई सम्बोधन गर्दै उनले आफूले आफ्नै कारणले मृत्युको बाटो रोजेको र यस घटनामा कसैलाई पनि दोष नदिन भनिएको डीएसपी राईले बताए ।
     
    बैंकमा आफ्ना बुबाको नाममा २० लाख रुपैयाँ जम्मा गरिदिएको समेत ती युवतीले सुसाइड नोटमा उल्लेख गरेकी छन् । यस्तै विभिन्न बैंक तथा वित्तिय संस्थामा आफ्नो सेयर रहेको समेत सुसाइड नोटमा उल्लेख गरेको राईले जानकारी दिए ।
     
    बुधबार बिहान ती युवतीलाई शौचालयभित्र बेहोस अवस्थामा बैंकका कर्मचारीले फेला पारेका थिए । छेउमा विषादीको बट्टासँगै ब्लेडले आफ्नो देब्रे हात काटेको अवस्थामा भेटिएकी थिइन् । तत्कालै एम्बुलेन्स बोलाएर अस्पताल लगिएको थियो ।

    खतिवडाको शव पोष्टमार्टमको लागि कोशी अस्पतालमा पठाइएको छ । प्रहरीले बैङ्कको सिसीटिभी फुटेज झिकेर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । 

     

    बिहिवार, श्रावण २२ २०७७११:५८:०८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार