बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

धरानमा एकै परिवारका पाँच जनामा कोरोना संक्रमण

धरानमा एकै परिवारका पाँच जनामा कोरोना संक्रमण

मेगा खबर संवाददाता

२२, श्रावण २०७७
  • 2.2K
    SHARES

  • धरानमा एकै परिवारका पाँच जनामा कोरोना संक्रमण

    साउन २२, काठमाडौं । धरानमा एकै परिवारका पाँचै जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । बुधबार राती आएको रिपोर्टमा यी ५ जना सँगै अन्य ७ जना र बिहीबार बिहान एक जनाको रिपोर्ट पोजेटिभ आएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।

    धरान ३ का एकै परिवारका पाँच जनामा संक्रमण पुष्टि भएको छ । ती परिवार केही दिन अघि विराटनगर गएर आएको बताइएको छ । यो परिवारमा ८५ वर्षीय वृद्धदेखि ७ वर्ष बालकमा पनि पोजेटिभ रिपोर्ट आएको मेहताले जानकारी दिए । 

    करिब २ साता अघि भारतको विहार गएर आएका २७ वर्षीय सब्जी व्यापारीमा संक्रमण पुष्टि भएको हो । ती युवाले धरान २, भानुचोकको नरेन्द्र पथस्थित सब्जी मण्डीमा तरकारी व्यापार गर्दै आएका थिए । स्वाब संकलन गर्नु अघिसम्म उनी तरकारी बिक्री गर्न जाने गरेको पाइएको छ । 

    धरान उपमहानगरपालिकाले समुदायस्तरमा पिसिआर परीक्षण गर्ने क्रममा बुधबार एक सय ३० जनाको परीक्षणमा एक जनाको पोजेटिभ रिपोर्ट आएको मेहताले जानकारी दिए । 

    स्वास्थ्य महाशाखा प्रमुख मेहताका अनुसार साउन १९ गते लिएको ९२ जनाको पिसिआर रिपोर्ट अनुसार ८० जनाको नेगेटिभ आएको छ भने १२ जनाको रिपोर्ट पोजेटिभ आएको छ । संक्रमण पुष्टि भएका मध्ये पाँच जना भारतीय सेना र एकजना भारतमा अध्ययनरत विद्यार्थी क्वारेन्टाइनमा बसेका थिए । अन्य छ जना भने स्थानीय हुन् । 

    उनीहरु सबैको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गरिएको थियो ।

    बिहिवार, श्रावण २२ २०७७१०:५७:४४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार