बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

४ महिलालाई भारतमा बेच्ने सिन्धुपाल्चोकका एक युवक पक्राउ

४ महिलालाई भारतमा बेच्ने सिन्धुपाल्चोकका एक युवक पक्राउ

मेगा खबर संवाददाता

२२, श्रावण २०७७
  • 2.0K
    SHARES

  • ४ महिलालाई भारतमा बेच्ने सिन्धुपाल्चोकका एक युवक पक्राउ

    साउन २२, काठमाडौं । नेपालको विभिन्न ठाँउ र मितिबाट नेपाली महिलाहरुलाई भारतमा विक्री गरी बन्धन बनाउने सिन्धुपाल्चोक चौताराका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । 

    उदयपुर, झापा, सिन्धुपाल्चोक र काठमाण्डौबाट विभिन्न मितिमा ४ जना नेपाली महिलाहरुलाई भारतमा विक्री गरी बन्धन बनाउने सिन्धुपाल्चोक चौतारा नगरपालिका १ घर भई हाल काठमाण्डौ गोकर्णेश्‍वर ३ बस्ने ४६ वर्षीय ह्यांग लाल तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

    विभिन्न मितिमा कुवेतमा घरायासी काममा लगाईदिने र राम्रो तलब पाउने भनी प्रलोभन देखाएर २०७३ साल चैत्र महिनामा बिरगञ्जको नाका हुदै भारतको नयाँ दिल्लीस्थित उत्तमपुरमा पुर्याएर बन्धक बनाई राखेका थिए ।

    उनीहरुको २०७४ जेठ महिनामा उद्धार भएको मानव बेचबिखन अनुसन्धान व्युरो प्रबक्ता प्रउ गोविन्द थपलियाले बताए । उनलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अनुसार अनुसन्धान शुरु गरी कारवाही थालिएको प्रहरीले जनाएको छ ।

     

    बिहिवार, श्रावण २२ २०७७१०:३६:०४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार