साउन २२, काठमाडौं । झापाको भद्रपुरमा रहेको मेची अस्पतालमा बुधबारदेखि कोरोना भाइरसको आरटि पिसिआर परीक्षण सुरु भएको छ ।
बुधबार अस्पतालमा निर्मित प्रयोगशालाको उद्घाटन गरिएको र अस्पतालको आइसोलेसनमा रहेका कोरोना संक्रमितमध्ये ५ जनाबाट स्वाब संकलन गरी परीक्षण गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. पिताम्बर ठाकुरले बताए ।
प्रयोगशालाबाट प्राप्त नतिजालाई क्रस भेरिफिकेसनका लागि कोशी अस्पताल विराटनगरको पीसीआर प्रयोगशाला पठाइएको छ । दुई दिनको क्रस भेरिफिकेसनपछि अस्पतालबाटै रिपोर्ट प्राप्त हुने डा. ठाकुरले बताए ।
प्रयोगशालाले एक पटकमा कम्तीमा ९० वटा नमुना परीक्षण गर्ने र जसको लागि ३ देखि ४ घण्टाको समय लाग्ने बताइएको छ ।
प्रयोगशालालाई २ सिफ्टमा सञ्चालन गर्ने तयारी भइरहेको पनि डा. ठाकुरले बताए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।