बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

प्रदेश ५ मा पछिल्लो २४ घण्टामा थपिए ३६ कोरोना संक्रमित

प्रदेश ५ मा पछिल्लो २४ घण्टामा थपिए ३६ कोरोना संक्रमित

मेगा खबर संवाददाता

२१, श्रावण २०७७
  • 1.5K
    SHARES

  • प्रदेश ५ मा पछिल्लो २४ घण्टामा थपिए ३६ कोरोना संक्रमित

    साउन २०, काठमाडौं । प्रदेश ५ मा पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा पाँच जिल्लाका ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    जसअनुसार कपिलवस्तुका १३, बाँकेका १३, प्युठानका ५, रुपन्देहीका ३ र दाङका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ९५ पुगेको छ ।

    प्रदेश ५ मा हालसम्म ४ हजार ८८ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् भने ३ सय ४० जना संक्रमित उपचाररत छन् । कोरोना भाइरस संक्रमणका कारण प्रदेश ५ मा १३ जनाको मृत्यु भएको छ । हाल प्रदेशभर १ हजार ३ सय ८९ जना क्वारेन्टाइनमा रहेका छन् ।

    प्रदेश ५ मा पीसीआर परीक्षणका लागि संकलन गरिएको थ्रोट स्वाब मध्ये ९८ प्रतिशत परीक्षण भैसकेको र अझै २ प्रतिशत परीक्षण गर्न बाँकी रहेको सामाजिक विकास मन्त्रालयका वरिष्ठ जन स्वास्थ्य प्रशाशक डा. उमाशंकर प्रसाद चौधरीले जानकारी दिए ।

    प्रदेशभर ५९ हजार १ सय ४१ जनाको थ्रोट स्वाब संकलन गरिएकोमा ५७ हजार ९ सय २३ थ्रोट स्वाब परीक्षण भइसकेको र अझै १ हजार २ सय १८ थ्रोट स्वाबको नतिजा आउन बाँकी रहेको चौधरीले बताए ।

    बुधवार, श्रावण २१ २०७७०७:०२:२८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार