बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सर्लाहीमा साउन २७ गतेसम्म लकडाउन

सर्लाहीमा साउन २७ गतेसम्म लकडाउन

मेगा खबर संवाददाता

२०, श्रावण २०७७
  • 2.1K
    SHARES

  • सर्लाहीमा साउन २७ गतेसम्म लकडाउन

    साउन २०, काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सर्लाही जिल्लामा अत्यावश्यक बाहेकका कामकाजमा रोक लगाउने निर्णय गरिएको छ ।

    कोरोनाको सम्भावित संक्रमण रोकथाम गर्न तथा जनस्वास्थ्यलाई खराब असर पर्ने सम्भावनालाई दृष्टिगत गरी जिल्ला सुरक्षा समिति, कोरोना संकट व्यवस्थापन केन्द्र तथा जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिस बमोजिम अति आवश्यबाहेकका कामकाजमा रोक लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

    बुधबार बिहान ६ बजेदेखि साउन २७ गते राति १२ बजेसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम अति आवश्यकबाहेकका कामकाज गर्न रोक लगाइएको प्रजिअ पौडेलले बताए ।

    औषधि, उपचार, खाद्यान्न वस्तु खरिद, पेट्रोलियम पदार्थ खरिद जस्ता अति आवश्यक कामबाहेक कुनै पनि व्यक्ति घरबाट ननिस्किने, अनुमति प्राप्त सवारी साधन, एम्बुलेन्स, बिरामी बोकेका गाडी, दमकल, दूध बोक्ने र खाद्य वस्तु बोक्ने सवारी साधन, शव बाहन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बोहक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारीसाधनसर्लाही जिल्लाभर सञ्चालन नगर्ने आदेश दिइएको उनले बताए ।

     

    मंगलवार, श्रावण २० २०७७०५:३४:२६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार