बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

पछिल्लो २४ घण्टामा २५९ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा २५९ जनामा संक्रमण पुष्टि

मेगा खबर संवाददाता

२०, श्रावण २०७७
  • 1.8K
    SHARES

  • पछिल्लो २४ घण्टामा २५९ जनामा संक्रमण पुष्टि

    साउन २०, काठमाडौं । पछिल्लो २४ घण्टामा २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ६८७ नमुना परीक्षण गर्दा काठमाडौंका उपत्यकामा मात्र ६२ जनामा संक्रमण पुष्टि भएको छ ।

    यससँगै देशभर कुल संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । उनीहरुमध्ये ५८ जनाको मृत्यु भएको छ भने १५ हजार २० जना निको भएकाे  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सबैभन्दा धेरै संक्रमित ४८ जना काठमाडौंमा थपिएका छन् ।

    यस्तै सर्लाहीका २६, मोरङका २३, कैलालीका २२, महोत्तरीमा १५, भक्तपुर र धनुषाका १३/१३ जना, सुनसरीका १२, अछाम र बाँकेका ११, रुपन्देहीका ९, झापाका ८, सप्तरी र बाराका ७/७ जना र रौतहटका ६ जनालाई कोरोना संक्रमण भएको छ ।

    गुल्मीका ५, सल्यानका ३, इलाम, सिरहा, कपिलवस्तु र कास्कीका २/२ जना तथा ललितपुर, धनुषा, बझाङ, पर्सा, तनहुँ, चितवन, लमजुङ र पर्वतका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

     

     

     

    मंगलवार, श्रावण २० २०७७०५:१२:१४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार