श्रावण १९, काठमाँडाै । प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि भएकाहरुमा मोरङमा ४६, झापामा ६ र सुनसरीमा ५ जना रहेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताले जानकारी दिनुभयो ।
योसँगै प्रदेश १ मा संक्रमितको संख्या १ हजार १ सय २८ पुगेको छ ।
प्रदेश १ मा सोमबार ९ सय ५१ जनाको पीसीआर परीक्षण गरिएकोमा १८ महिला ३९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।