बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सिन्धुपाल्चोकमा गएराति २ बजे खसेको पहिरोमा पुरिएर १० जनाको मृत्यु

सिन्धुपाल्चोकमा गएराति २ बजे खसेको पहिरोमा पुरिएर १० जनाको मृत्यु

मेगा खबर संवाददाता

१९, श्रावण २०७७
  • 2.3K
    SHARES

  • सिन्धुपाल्चोकमा गएराति २ बजे खसेको पहिरोमा पुरिएर १० जनाको मृत्यु

    श्रावण १९, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची र बरुवामा गएराति २ बजे खसेको पहिरोमा पुरिएर १० जनाको मृत्यु भएको छ ।

    १ जनाको जिवितै उद्धार गरि उपचारका लागि काठमाडौ ल्याइएको छ । मेलम्ची पहिरोमा पुरिएका आठै जनाको शब निकालिएको छ । प्रहरीले घटनास्थलबाट भारतीय नागरिक बारु साहलाई जीवितै उद्धार गरेको थियो । 

    sindhuu.jpg

    उनीहरु सबै कभर्ड हल निर्माणमा कार्यरत मजदुरहरु हुन् । उनीहरु बस्दै आएको टहरोलाई गएराति करिब दुई बजेतिर आएको पहिरोले पुरेको थियो । भारतीय नागरिकहरुको ठेगाना खुलेको छैन ।

    कभर्ड हल निर्माणमा दुई भारतीय नागरिकसहित नौ जना मजदुर खटिएका थिए । भारतीय नागरिकहरुको ठेगाना खुलेको छैन । प्रहरीले घटनास्थलबाट भारतीय नागरिक बारु साहलाई जीवितै उद्धार गरेको थियो । 

    sindhu.jpg

    सोमवार, श्रावण १९ २०७७१२:०४:२१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार