श्रावण १९, काठमाँडाै । बलिउड अभिनेता अमिताभ बच्चनले कोरोनाभाइरसलाई जितेका छन् । कोरोनाभाइरस संक्रमण भएको थाहा भएपछि नानावटी अस्पतालमा उपचारका लागि भर्ना भएका अमिताभ अब घर फर्किइसकेका छन् ।
अमिताभ कोरोना जितेर फर्किए पनि उनका छोरा तथा अभिनेता अमिषेक बच्चन चाहिँ अहिले पनि अस्पतालमा नै उपचार गराइरहेका छन् । उनको कोरोनाभाइरस परीक्षणमा अहिले पनि पोजेटिभ आएको छ । तर, उनको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।