साउन १८, काठमाडौं । वीरगन्ज महानगरपालिकाका– १२ को नारायणी अस्पतालको प्रयोगशालमा आइतबार साँझ गरिएको परीक्षणमावडाध्यक्ष रामदरस कुशवाहासहित थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वडाध्यक्ष कुशवाहाले साउन १५ मा वीरगन्ज ११ स्थित श्रीपुर स्कुलमा स्वाब दिएका थिए ।
केही दिन पहिले ज्वरो आएकोले स्वाब परीक्षणको लागि दिएको र आइतबार पीसीआर रिपोर्टमा कोरोना पोजिटिभ आएको जानकारी पाएको वडाध्यक्ष कुशवाहाले बताए ।
नारायणी अस्थायी कोरोना अस्पतलाका इन्चार्ज डा. निरज सिंहका अनुसार आइतबार साँझ गरिएको परीक्षणमा ४ जना महिलासहित २६ देखि ६४ वर्ष उमेर समूहका ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित ३ जना बाराका बासिन्दा हुन् ।
३८ जना संक्रमितमध्ये वडा ११ श्रीपुरका २७ जना रहेका छन् । शनिबारमात्र सोही वडामा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
वडा ११ का अध्यक्ष प्रदम्न सेढाईंका अनुसार साउन १५ मा भएको मास ट्रेसिङमा २ सय ५२ जनाको स्वाब संकलन भएको थियो जसमध्ये २५ जना कन्ट्याक्ट ट्रेसिङका थिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।