बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

कक्षा ११ र १२ का विद्यार्थीहरुलाई आजदेखि भेराेसेल खाेप लगाइँदै

कक्षा ११ र १२ का विद्यार्थीहरुलाई आजदेखि भेराेसेल खाेप लगाइँदै

मेगा खबर संवाददाता

४, भाद्र २०७८
  • 2.3K
    SHARES

  • कक्षा ११ र १२ का विद्यार्थीहरुलाई आजदेखि भेराेसेल खाेप लगाइँदै

    काठमाण्डौ उपत्यकामा आजदेखि कक्षा ११ र १२ सँगै परीक्षाका लागि प्रवेश पत्र लिएका विश्व विद्यालयका विद्यार्थीलाई खोप दिइँदै छन् ।

    स्वास्थ्य कार्यालय काठमाण्डौका अनुसार १८ वर्षमाथिका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाउन पाउने छन् । यस्तै, ४० वर्षमाथिका नागरिकलाई पनि खोप दिइने छ ।

    खोप केन्द्र तोकेको आजदेखि पर्सि आइतवारसम्ममा खोप लगाउन सकिने स्वास्थ्य कार्यालय काठमाण्डौले जनाएको छ । सशस्त्र प्रहरी अस्पताल बलम्बु, वीरेन्द्र सैनिक अस्पताल छाउनी, राधास्वामी आइसोलेशन सेन्टर,सामाखुसी, नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज, वीर अस्पताल रत्नपार्क तथा निजामती कर्मचारी अस्पताल, नयाँ बानेश्वरमा गएर खोप लगाउन सकिने छ ।

    परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल, थापाथली, शिक्षण अस्पताल, महाराजगञ्ज र काठमाडौ महानगरपालिकाका ३२ वटा वडा तथा आवश्यकता अनुसार पालिकाले तोकेको थप खोप केन्द्रमा गएर खोप लगाउन सकिन्छ ।

     

    शुक्रवार, भाद्र ४ २०७८०८:१९:२५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार