साउन १७ , काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहिबार ,शुक्रबार र शनिबार आएको पिसिआर परिक्षणको नतिजाका अनुसार बुढानिलकण्ठ नगरपालिका वडा नं ८ का ३ जना, वडा नं ३ का र ७ गरी २ जनामा कोरोना संक्रमण देखिएको हो ।
संक्रमित मध्ये तिन जना बलम्बु र एक जनालाई टेकु अस्पतालको आइसोलेसनमा राखिएको छ ।
बुढानिलकण्ठ नगरपालिका वडा नं ८ का ३५ वर्षीय पुरुष ,३२ र ४१ वर्षीय महिलामा कोरोना संक्रमण देखिएको छ भने वडा नं ३ का २३ वर्षीय पुरुष तथा वडा नं ७ का ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
बुढानिलकण्ठ नगरपालिकाका संक्रमितहरुको कन्ट्रयाक्ट ट्रेसिंग सकिएको र आइतबार सबैको स्वाव संकलन गरिने जानकारी दिदै स्वास्थ्य शाखाले सचेत र सजग रहन नगरवासीमा अनुरोध गरेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।