बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नेपाल-चीन मैत्री सम्बन्ध ६५ वर्ष पुग्यो

नेपाल-चीन मैत्री सम्बन्ध ६५ वर्ष पुग्यो

मेगा खबर संवाददाता

१७, श्रावण २०७७
  • 2.6K
    SHARES

  • नेपाल-चीन मैत्री सम्बन्ध ६५ वर्ष पुग्यो

    साउन १७, काठमाडौं । नेपाल चीन मैत्री सम्बन्ध शुरु भएको ६५ वर्ष पुगेको उपलक्ष्यमा दुई देशका राष्ट्र प्रमुखहरूबीच शुभकामना आदानप्रदान भएको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले चीनका राष्ट्रपति सि जिङपीङलाई शुभकामना सन्देश पठाउँदै चिनियाँ नागरिकलाई यस उपलक्ष्यमा बधाई दिएकी छन् ।

    त्यस्तै प्रधानमन्त्री केपी ओलीले पनि  राष्ट्रपति सी र स्टेट काउन्सिलर लि केविङलाई शुभकामना सन्देश पठाएका छन् । प्रधानमन्त्री ओलीले शुभकामनामा बीआरआईलगायत प्रोजेक्टले यो क्षेत्रको विकासमा योगदान पुर्‍याएको भन्दै प्रशंसा गरेका छन् ।

    त्यस्तै परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले पनि समकक्षी वाङ यीलाई शुभकामना सन्देश पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    सन्देशमा राष्ट्रपति भण्डारीले नेपाल र चीन बीचको मैत्री सम्बन्ध आगामी दिनहरूमा थप बलियो हुने विश्वास व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले गएको अक्टोबरमा भएको सी जीनपीङको ऐतिहासिक नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाएको र दुवै देशको विकाश र समृद्धीमा यसले योगदान पुर्‍याएको स्मरण गरेकी छन् ।

    चीनका राष्ट्रपति सी जीनपीङले पनि दुई देशबीचको मैत्री सम्बन्धमा महत्वपूर्ण विकाश भएको बताएका छन् । राष्टप्रति भण्डारीसँग सीले दुवै देशको हितमा हुनेगरी सहकार्य गर्न चीन तयार रहेको समेत जनाए ।

     

    शनिवार, श्रावण १७ २०७७०६:३१:३४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार