साउन १७, काठमाडौं । लकडाउन खुलेपछि कोरोनाको संक्रमण धेरै फैलिएको छ । यसैगरि संक्रमितको संख्यामा पनि वृद्धि भएको छ।
लकडाउन खुल्नुअघिको ११ दिन र लकडाउन खुलेपछिको ११ दिनको तुलना गर्दा संक्रमितको संख्यामा ०.८ प्रतिशतले वृद्धि भएको हो।
लकडाउन खुल्नुअघिको ११ दिनमा ४७ हजार ८७७ नमुनाको पीसीआर परीक्षणमा एक हजार ३४५ जनामा संक्रमण देखिएको थियो । यो भनेको २.८ प्रतिशत हो।
त्यस्तै लकडाउन खुलेको ११ दिनसम्म ५८ हजार १७४ नमुनाको पीसीआर परीक्षणमा दुई हजार ९२ जना नयाँ संक्रमित देखिएका थिए । यो भनेको ३.६ प्रतिशत हो।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।