१७ साउन, काठमाडौं । त्रिचन्द्र क्याम्पस स्थानान्तरण गर्न लागिएको भन्ने समाचार गलत र भ्रामक भएको त्रिचन्द्र क्याम्पसका प्रमुख प्रा.डा. सुनिल अधिकारीले बताएका छन् ।
रानीपोखरी वरिपरिका संरचना हटाउने र त्रिचन्द्र क्याम्पसलाई जमलको राष्ट्रिय नाचघर अगाडि सार्ने समाचारहरु सार्वजनिक भएका थिए ।
क्याम्पस प्रमुख अधिकारीले एक सय वर्षभन्दा बढी पुराना ऐतिहासिक पुरातात्विक एवम् शैक्षिक भवन तथा अन्य भवनका प्रयोगशाला र कक्षा कोठाहरु २०७२ सालको भूकम्पले क्षति भएकाले पुनर्निर्माणका लागि अपिल समेत गरेका छन् ।