१६ साउन, काठमाडौं ।काठमाडौं महानगरपालिका-३१ शान्तिनगरस्थित नोगेन्द्र कान्छा चोकमा स्टेशनरी पसल सञ्चालन गर्दै आइरहेका ३८ वर्षीय नारायण पौडेल रहेका छन्हनगरीय प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरी टोलीले नक्कली नोट फोटोकपी गर्दै गरेको अवस्थामा पौडेललाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।
काठमाडौंको शान्तिनगरबाट नक्कली नोटसहित शुक्रबार एकजना पक्राउ परेका छन् ।उनको साथबाट नक्कली नोट प्रिन्ट गर्ने एक थान प्रिन्टर, सक्कली एक हजारको नोट र फोटोकपी गरी तयार पारिएका १० थान एक हजारको नक्कली नोट बरामद भएको केसीले बताए ।
पौडेललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।