बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना संक्रमण पुष्टि

मेगा खबर संवाददाता

१६, श्रावण २०७७
  • 1.4K
    SHARES

  • पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना संक्रमण पुष्टि

    १६ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

    देशभरका प्रयोगशालामा १० हजार ७८६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यो नेपालमा २४ घण्टामा गरिएको अहिलेसम्मकै सबैभन्दा धेरै परीक्षण हो ।

    मन्त्रालयका अनुसार सबैभन्दा धेरै पर्सामा ४१ जना संक्रमित थपिएका छन् । यस्तै काठमाडौंका ३२, बझाङका २५, कञ्चनपुरका १८, दार्चुलाका १६, कैलाली र मोरङका १५/१५ जना, झापाका १३ र बैतडीका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै बाराका ४ जना, रौतहट, कास्की, दाङ र डोटीका ३/३ जना, नुवाकोट, नवलपुर, म्याग्दी, गुल्मी र दैलेखका २/२ जना तथा भक्तपुर, मकवानपुर, धनुषा, सर्लाही सप्तरी, तनहुँ, रुपन्देही र बाँकेका एकएक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

     

    शुक्रवार, श्रावण १६ २०७७०७:२९:०९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार