१५ साउन, काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । योसँगे नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा आइसीयूमा उपचारको क्रममा मोरङ सुनवसी ८ का ४५ वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका हुन् ।
उनलाई ज्वरो र श्वाससप्रश्वासको समस्या देखिएपछि विराटनगरको कोभिड अस्पतालमा भर्ना भएकोमा थप उपचारका लागि बीपी कोइरालाको स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।
उनको बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । उनका अनुसार ती पुरुषलाई साउन १४ गते कोरोना पुष्टि भएको हो भने मृत्यु पनि सोही दिनै भएको हो ।
त्यसैगरी पर्साका ७० वर्षका पुरुषको पनि कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । ती पुरुषलाई मुटु र मधुमेहको समस्या देखिएपछि नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उनले जानकारी दिए । ती पुरुषमा गत मंगलबार कोरोना पुष्टि भएको थियो ।
यसैगरी पर्साकै ६८ वर्षका कोरोना संक्रमित पुरुषको पनि मृत्यु भएको छ । उनको नेशनल मेडिकल कलेजमा उपचार क्रममा मृत्यु भएको मन्त्रालयले पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार ती पुरुषको मृगौलाका बिरामी थिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।