श्रावण १५ विराटनगर । विराटनगरको कोसी अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पतालको ओपीडी सेवा बन्द भएको छ ।
कोसी अस्पतालका चार स्वास्थ्यकर्मीमा कोभिड १९ पुष्टि भएपछि अस्पतालले सूचना टाँस गरी ओपीडी सेवा बन्द गरिएको सर्वसाधारणलाई जानकारी गराएको छ । अस्पतालले गेटमै सूचना टाँस गरी संक्रमणको कारण सेवा दिन नसकिने जनाएको हो ।
अस्पतालले ओपीडी सेवा सुरु गरेपछि दैनिक पाँच सयभन्दा धेरै बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन् । तर, विषम् परिस्थिति र संक्रमण त्रासका कारण अहिलेलाई ओपीडी सेवा बन्द गरिएको अस्पतालका मेसु चुमनलाल दासले बताएका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।