श्रावण १५, काठमाडौं । अपराधिक गतिविधि अन्त्य गर्न सामाजिक व्यक्तिहरूको महत्वपुर्ण भुमिका रहने हुँदा बुधबार प्रहरी र समुदायको संयुक्त साझेदारीमा आयोजना गरीएको कार्यक्रम अन्तरगत गोकर्णेश्वर नगरपालिका र बुढानिलकण्ठ नगरपालिकाको सिमाना तारेभिर आसपास प्राकृतिक रुपमा उम्रिएका अवैध गाँजाका बोटहरु नष्ट गरिएको छ ।
तारेभिर क्षेत्रलाई गाँजा मुक्त बनाएर पर्यटकीय गाँऊको रुपमा विकास गर्न सके समाजमा सामाजिक तथा आर्थिक विकास गर्न सकिने र समाज पुर्णरुपमा सुरक्षित हुने नै यस कार्यक्रमको मूल उद्देश्य हो ।
महानगरीय प्रहरी वृत बौद्धका कार्यलय प्रमुख प्रहरी नायब उपरीक्षक नबिन कार्की र महानगरीय प्रहरी वृत्त महाराजगंजका वृत्तका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक रोशन खड्काको नेतृत्वमा खटिएको प्रहरीको टोलि र विभिन्न संघ सस्थाका प्रतिनिधिहरुले उक्त क्षेत्रमा प्राकृतिक रुपमा उम्रिएका गाँजाका बोटहरु फडानी गरेका हुन्।
सो कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी, वडा सदस्य लक्ष्मण गोले, महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठका कार्यलय प्रमुख प्रहरी निरीक्षक भुपेन्द्र गिरि, महानगरीय प्रहरी प्रभाग गोकर्णका कार्यलय प्रमुख प्रहरी नायब निरीक्षक बासुदेब थापा, महानगरीय प्रहरी प्रभाग सुन्दरीजलका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक अर्जुन गिरि सहित प्रहरी जवानहरु, स्वतन्त्र टोल सुधार समिति सुन्ताखान, भगवती युवा क्लब, अत्तरखेल युवा समाज, मकालबारी युवा समाज, बागमती युवा समाज ,महिला समूह युवा, समाजसेवि, भद्रभलाद्मी, स्थानीय जनता गरि करिव १०० जनाको सहभागितामा करिब ३०,००० भन्दा बढी प्रकृतिक रुपमा उम्रेका गाँजाका वोटहरू फडानी गरी नष्ट गरिएको थियो भने लागुऔषध सम्वन्धित पर्चा वितरण गरी लागुऔषधबाट टाढा रहन स्थानियवासीलाई अपिल गरिएको थियो ।
त्यसै गरि गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारीले प्रहरीले शान्ति सुरक्षालाई मात्र चासो नदिई सामाजिक विकास र सामाजिक सुरक्षालाई समेत चासोको रुपमा लिई समाजमा उदाहरणिय भुमिका निर्वाह गरेकोमा खुसी व्यक्त गर्दै समाजलाई अपराध मुक्त र सुरक्षित बनाउनको लागि स्थानिय निकायले पुर्ण साथ दिने बताए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।